जनप्रतिनिधिको आडमा कर्मचारीमाथी दुुर्व्यवहार



जुम्ला : चन्दननाथ नगरपालिका–३ का स्थानीय उपेन्द्र बुढ्थापाले वडा सचिव लोकेन्द्र मल्लमाथी दुुर्व्यवहार गरेका छन् । कागजातविना नै योजना कार्य सम्पन्नको सिफारिस मागेपछि वडा सचिब मल्लले नदिँदा बुढ्थापाले उनीमाथी हातपातको प्रयास गरेका हुन् ।

पटक पटक योजना सम्पन्न भएको सिफारीस माग्दै आएका बुढ्थापाले आइतबार बिहान कार्यालय समयमै पुनः सिफारिस मागेका थिए । तर योजना सम्पन्न र अनुगमन प्रतिबेदनबिना सिफारिस दिन नमिल्ने बताएपछि आफुमाथि दुुर्व्यवहार भएको मल्लले गुनासो गरे । 

बुढ्थापाले आफु जनप्रतिनिधिको नजिकको मान्छे बताएर धम्क्याउँदै आफूमाथि हातपातको प्रयास गरेको पीडित मल्लले बताए । 

यसैबीच सहकर्मीमाथि दुुर्व्यवहार भएको भन्दै आईतबार नगरपालिका २६ कर्मचारीले प्रशासनसँग सुरक्षा माग गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्