आलिया र सनी लियोनको नम्बर ट्विटरमा भेटिएपछि…



एजेन्सी : बलिउडका दुई अभिनेत्री आलिया भट्ट र सनी लियोनको नम्बर सामाजिक सञ्जाल ट्विटरमा लिक भएको छ ।

ट्विटरमा अलग–अलग पोस्ट्मा आलिया भट्ट र सनी लियोनको नम्बर लीक भएको भन्दै कुनै दुई फरक–फरक नम्बर भाइरल भइरहेको छ ।

एउटा ट्विटमा एउटा नम्बरलाई सनी लियोनको नम्बर भनेर फैलाइएको छ । जसमा ‘रागिनी एमएमएस–२’ की अभिनेत्रीको नम्बर भनेर भाइरल बनाइएको छ ।

त्यसैगरी, अर्को ट्विटमा आलिया भट्टको नम्बर भनेर राखिएको छ । यद्यपि, उक्त नम्बरमा चर्चित अभिनेत्रीले आफ्ना प्रशंसकका लागि टोल फ्रि नम्बर उपलब्ध गराएको र सीएएको समर्थनको लािग फोन गर्न आग्रह गरिएको छ ।

नेटफ्लिक्समा बाहिरिएको उक्त ट्विटपछि नेटफ्लिक्स आफैले अफिसियल ट्विट गर्दै दुवै नम्बर अभिनेत्रीहरुको नभएको र उनीहरुले आफ्ना प्रशंसकहरुलाई कुनै पनि नम्बर नदिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्