अाेली र प्रचण्डबीच छलफल



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकाे अान्तरिक विवाद र तल्ला तहहरुमा पार्टी जिम्मेवारीका विषयमा दुर्इ अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएकाे छ । 

 

दुवै अध्यक्ष देश बाहिर रहेकाले सतहमा आएका पछिल्ला विवादका विषयमा ‘हेड टु हेड’ छलफल हुन पाएको थिएन। ‘ओली र प्रचण्डबीच समसामयिक विषयमा छलफल भइरहेको छ’ नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले भने, नेकपा सचिवालयको बैठकको तयारी पनि भइरहेको छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफल मूलत नेता माधवकुमार नेपालको असन्तुष्टिको सेरोफेरोमा रहेको स्रोतले जानकारी दिएको छ।

 

पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्। नेता असोज १२ गते स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने बताएका थिए। उनले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्