पुरञ्जन आचार्यको बिचार : मलाई तर्क गर्नु छ, प्रमज्यू !



प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसदमा संप्रेषित सरकारको रिपोर्ट कार्ड सुनियो । अंग्रेजी वर्ष २०१८ समाप्त भएर सम्पूर्ण विश्व नयाँ वर्षको हर्षोल्लासमय वातावरणमा छ अहिले । यही वातावरण र अंग्रजी नयाँ वर्षमा हाम्रा प्रमलाई झण्डै एक वर्षको प्रगति समीक्षा संसद्समक्ष राख्ने जाँगर चलेको हुनुपर्छ ।

 

सरकारको रिपोर्ट कार्ड फेल भएको विद्यार्थीले मार्कसिट आफैँ सच्याएर उच्च अंक प्राप्त गरी बाबु/आमालाई ठगेजस्तो छ । यसमा तिखो टिप्पणीका आधार छन्।  नेपाल सरकारकै सूचनामा विश्वास गर्ने हो भने पनि प्रम स्वयम् ठगिएका वा अबुझ भएको देखिन्छ । चेक गर्नु तथ्यांकहरू। नागरिकको हैसियतबाट यो रिपोर्टकार्ड सुन्नुपर्दा मलाई उदेकमात्र लागेन। सिंहदरवार परिसरमा बस्ने सबै कानको बहिरा, आँखाका अन्धा, दिमाग नचल्ने र शरीर गलेकामात्र हुँदारहेछ भन्ने पुनर्पुष्टि भयो । भनिन्छ, सिंहदरवारको वास्तु मिलेको छैन भनेर। म यसमा विश्वास गर्दिन तर केही छ त्यहाँ जो मिलेको छैन।

 

सरकारको रिपोर्ट कार्ड फेल भएको विद्यार्थीले मार्कसिट आफैँ सच्याएर उच्च अंक प्राप्त गरी बाबु/आमालाई ठगेजस्तो छ। यसमा तिखो टिप्पणीका आधार छन् ।  प्रम ओली आफ्ना बोली र विरोधीप्रति प्रहार गर्ने व्यंग्यवाणबाट चिनिन्छन् । प्रम ओलीको तर्क/कुतर्क जे भए पनि एकथरी नेपाली उनलाई औधी मनपराउने पनि छन् यस्तै बोलीका कारण। मलाई भने साह्रै नै दिक्क त्यतिखेर लाग्यो जब प्रम ओलीले आफू कुनै तर्क र रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै सांसदहरूलाई संबोधन गरे गत आइतबार।यो प्रम ओली मौलिकताको अन्त किन भएको हो ? बिना तर्क/वितर्क देश विकास कसरी हुन्छ मैले बुझेको छैन प्रमज्यू ? फेरि संसद् अर्थात पार्लेमेन्ट भनेको तर्क/वितर्क गर्ने ठाउँ नै हो भनी मैले प्रमलाई सम्झाइरहनु नपर्ला। हो, तर्क/वितर्क केको गर्ने भन्ने प्रश्न अहम् छ।

 

आज संसद् र सांसदहरूलाई आमनागरिकसँग कसरी जोड्ने भन्ने प्रश्न मौलिक छ नेपालमा। योसँग नेपालको संविधानको भविष्य जोडिएको छ। तर जनता राजनीतिबाट मात्र होइन, राजनीतिज्ञबाटै विरक्तिएका छन्यतिखेर। दुईतिहाइको कम्युनिस्ट सरकारबाट निराश छन्। प्रमको सम्बोधनबाट आमनागरिकको कान संसद्प्रति आकर्षित भएन। प्रमको सम्बोधनका क्रममा नागरिकले आफ्नो टिभी सेट र रेडियो बन्द गरे भने सिंहदरवारले के बुझ्ने ? प्रमले एक वर्ष रेल, पानीजहाज, घर–घरमा ग्यास, मोनोरेल यस्तै नचाहिँदा अनेक कुरा गरेर बिताए, अझै गर्दैछन्।

 

अनेक ठूला सपना देखाए तरनिर्मला हत्या प्रकरणमा प्रम अपराधीझैँ भएर कठघरामा उभिएका छन् अझै। संस्थागत भ्रष्टाचारले नेपालको दयनीय अवस्थामात्र देखाउँदैन दुईतिहाइको कम्युनिस्ट सरकार भ्रष्टाचारमा रमाएको पनि देखिन्छ । प्रम ओली निसन्देह निर्मला हत्या प्रकरणमा मात्र कठघरामा उभिएका छैनन् आम नागरिकबीच पनि उनी दुईतिहाइको शक्ति लिएरकठघरामा उभिन बाध्य छन्।- नागरिकबाट

प्रतिक्रिया दिनुहोस्