के कांग्रेस सभापति उम्मेदवार शशांक बन्लान ?



काठमाडौँ : नेपाली काँग्रेसको मुख्यालय सानेपामा जारी जिल्ला सभापतिहरुको भेलामा अबको १४ औँ महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वमा को हुने ? भनेर प्रश्न गरिरहँदा पौडेल–सिटैलापक्षका नेताहरु मुखामुख गरेका थिए । संस्थापन इतरका नेताहरुबीच आगामी महाधिवेशनमा अझै मतक्यता हुन सकेको छैन । संस्थापन इतर पक्षमा यसअघि पार्टी सभापति शेरबहादुर देउवासँग पराजित बनेका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, नेता शेखर कोईराला र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला सभापतिको लागि ईच्छुक देखिएका छन् । तर यस विषयमा कसैले मुख फोरेका छैनन् ।

आज पार्टी कार्यालयमा छलफलकै क्रममा जिल्ला सभापतिहरुले आ–आफ्नो बिचार राखेका थिए । उनीहरुमध्ये केही जिल्ला सभापति र पार्टीका नेताहरूले सभापति शेरबहादुर देउवालाई नै पुनः नतृत्व सम्हाल्न दिने भन्ने पक्षमा उभिएका देखिन्छन् भने उनको विकल्पमा विपी पुत्र शंशाक कोइरालाको नाम पनि अघि सारेका छन् । काँग्रेस केन्द्रिय कार्यसमितिको चार वर्षे अवधि आगामी २० फागुनदेखि सकिँदै गर्दा तोकिएको समयभित्र महाधिवेशन गर्न नसकेपछि सभापति देउवाले एक वर्ष अवधि थप्न सकिने पार्टी विधानले दिएको सुविधा प्रयोग गरेर आगामी १९ फागुन ०७७ सम्म लम्ब्याउने निर्णय गरे । तर जिल्ला सभापतिहरूले १४ औँ महाधिवेशन यस अघि नै नाम सार्वजनिक गर्न माग गरिरहेका छन् ।

आन्तरिक विवादमा फस्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले हुर्किएको गुटगत राजनीतिका कारण कुनै विषयको निष्र्कषमा पुग्न सफल भएको छैन । उता देउवा र पौडेलको रस्साकस्सीको किस्साहरूको सूची लामो छ ।

स्थानीय तहको निर्वाचन हुँदै प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले भोगेको पराजयको जिम्मेवारी लिन सभापति देउवा तयार छैनन् । यसै कारणलाई देखाउँदै पार्टीका धेरै नेताहरूले नेतृत्वमा उनी दोहोरिन नहुने बताईरहेका छन् । देउवा आफ्नो कार्यकालमा नियुक्तिको झमेलामा पनि परेका छन् । यस्तो अवस्थामा उनी प्रतिको पार्टीमा विश्वास कम हुनु स्वभाविक हो । पार्टीभित्र देखिएको नवधनाद्यको विषलेले पनि छलफलको विषय बन्ने गरेको छ । अहिले काँग्रेसमा नवधनाढ्यहरू कब्जा छ । यसलाई पनि असन्तुष्ट पक्षले मुद्दा बनाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह उनको पक्ष रहेता पनि उनको सन्की व्यवहारका कारण उनको नेतृत्वको लाभ कसैलाई नहुने देखिएको छ । साथै उनले पटक पटक अवसर पाउँदा पनि उत्साहजनक काम गर्न नसकेकाले देउवाको अघि पौडेल पहिलो रोजाइमा परेनन् । जसका कारण अहिलेसम्म पार्टीको नेतृत्व लिन सकेका छैनन् । त्यस्तै अर्का नेता कृष्णप्रसाद सिटौलाको नाम बेलाबेलमा चर्चामा रहने भएपनि उनको अहिले नै सभापतिको भूमिका निर्वाह गर्न नसक्ने उनको निकटहरू बताउँछन् । यस्तै उनीसँग जनमतको पनि कमी छ ।

यस्तो अवस्थामा विपी पुत्र शंशाक कोइराला सबैको आँखामा परेका छन् । कोइरालाले नेतृत्व सम्हाल्न सक्लान् वा नसक्लान् यो फरक पाटो हो तर त्यसअघि उनले आफूलाई बोल्ड व्यक्तिवको रुपमा स्थापित गर्न आवश्यक छ । योसँगै कोइराला परिवारबीच एकता महत्तवपूर्ण छ ।

यस्तै उनमा नेतृत्व गर्ने क्षमताको कमि भएको आवाजहरू पार्टी भित्रै उठिरहेको छ भने उनको निर्णय क्षमता माथि पार्टी भित्रै प्रश्न उब्जिएको छ । तथापी कोईराला परिवारभित्र एक मत भएर उभिएको खण्डमा सभापति बन्न असंभव भने देखिदैन । यसको लागि शंशांक सहित कोईराला परिवार स्पष्ट हुनु भने पक्कै जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्