दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोर्न सेनाद्वारा काम सुरु



जाजरकोट : जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम सुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।

नेपाली सेनाले डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको छ । सेनाले छलगाडसम्म ट्र्याक खोलिसकेको छ । 

यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्