कलाकार मिश्रालाई कुट्ने सांसदका ड्राइभर पक्राउ, सांसद शाह अझै फरार



कपिलवस्तु : कलाकार तथा अभिनेता श्याम कुमार मिश्रालाई घरमै बोलाई कपिलवस्तु क्षेत्र ३ का नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाह र उनका ड्राईभर शशिकन्त कश्यबले कुटपिट गरी भागेका थिए ।

गत पुस ५ गते सांसद शाहले आफ्नै घरमा बोलाई मिश्रलाई कुटपिट गरेपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

मिश्रको जाहेरी प्रहरीले बुझि ज्यान मर्ने मुद्दा दर्ता गरेको एक हप्तापछि ड्राईबर कश्यब ईलाका प्रहरी कार्यालय कृष्णनगरमा हाजिर भएका छन् ।

घटना पुस ५ गतेको हो तर कश्यब २४ गते अफ्नो निवेदन लिएर ईप्रक कृष्णनगर पुगेका छन् ।

ज्यान मार्ने उद्योगमा फरार कश्यब ईलाका प्रहरी कार्यालय पुगेपछि कृष्णनगर प्रहरीले हिरासतमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको छ भने सांसद शाह भने फरार रहेको कृष्णनगर प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्