हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर


सुर्खेत : एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका हिमाली जिल्लामा हिमपात भइरहेको छ भने पहाडी जिल्लामा दैनिक वर्षा भइरहेको छ ।

हिमपात र वर्षाले चिसो बढ्दै गएपछि कर्णालीको जनजीवन प्रभावित बन्दै गएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लाका बासिन्दा यसबाट बढी प्रभावित भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको राससलाई बताए । सहायक प्रजिअ हमालका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले दुई दिनदेखि साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध छ ।

लेकको हिमपात र बेंसीको वर्षाले लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात एक सातादेखि ठप्प छ । हिमपातको चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

जुम्ला चन्दननाथ– ८ का स्थानीय यज्ञलाल महतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी राख्न धौधौ भएको बताए । “धारोबाट पानी पगाल्न पानी तताएर पाइपमा खन्याउनुपर्छ तर तताएर हाल्ने पानी छैन”, महतले भने । बजारमा दाउरा नपाइने र सिलिन्डरको ग्यास चिसोले जम्न थालेपछि हातमुख जोर्न कठिन भएको उनको भनाइ थियो ।

जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका– ३ जुम्लाका स्थानीय नरबहादुर रावतले राससलाई बताए । हिमपातले बिस्कुन सुकाउन, पिठो पिस्न, बस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उहाँको भनाइ थियो ।

चिसोले दैलेख, कालीकोट, जाजरकोट उच्च स्थानका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिममा वर्षाले यहाँका शैक्षिक संस्था प्रभावित भएका छन् । चिसोले सेवाग्राहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घर बाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गरिएको राससलाई जानकारी दिए ।

हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस ३ डिग्री सेल्सियस छ । हिमपातको समयमा गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले राससलाई जानकारी दिए । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै निर्देशक डा रावलले तातोपानी खान, न्यानोमा बस्न, बिरामीलाई नियमित झोलिलो तातो चीज खान आग्रह गरे ।

पश्चिमी न्यूनचापीय प्रणाीलको प्रभावका कारण भएको हिमपात तथा वर्षा शनिबार रोकिए पनि सोमबार पुनःशुरु हुनसक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए । कार्यालय प्रमुख पराजुलीका अनुसार आज केही भागमा आंशिक बदली भए पनि मौसम सफा रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा