रक्सीमा किरा, चप्पल, जुत्ता, मोजा र कट्टुसमेत भेटियो



सुर्खेत : चाडपर्व नजिकिएसँगै देशका विभिन्न ठाउँमा बजार अनुगमन टाेली र सुरक्षा कर्मीले बजार अनुगमनलार्इ तिव्रता दिएका छन् । प्रदेश ६ काे राजधानी सुर्खेतमा पनि चाडपर्व नजिकिएसँगै प्रहरी बजार तथा गाउँटाेलमा मदिरा बरामद गर्ने कार्यलार्इ तिव्रता दिएकाे छ । 

 

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे टाेलीले वीरेन्द्रनगरकाे लाटीकोइलीबाट ठूलो परिणाममा मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार बरामद गरिएको मदिरामा किराहरु भेटिएका छन् ।

 

‘मदिरा बनाउने कच्चा पर्दाथमा किराहरु भेटिएका छन्’ उनले भने, ‘किराका साथै चप्पल, जुत्ता, मोजा र कट्टुसमेत भेटिएको छ ।’ एसपी रजौरेका अनुसार मदिरा बनाउने औषधि समेत प्रहरीले बरामद गरेको छ ।

 

जहरेबाट प्रहरीले २७० केजी घरेलु मदिरा बनाउने औषधि बरामद गरेको हो ।

 

प्रहरीका अनुसार वीरेन्द्रनगरको लाटीकोइलीबाट ७ सेट मदिरा बनाउने भाँडा, घरेलु मदिरा ३०० लिटर र मदिार बनाउन प्रयोग गरिने कच्चा पदार्थ ५ सय लिटर बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्