उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण



काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।

शुक्रबार बुटवल उडेको पोखरेल सवार हेलिकोप्टर मौसममा आएको खराबीका कारण पाल्पामा अवतरण भएका हो ।

मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

उपप्रधानमन्त्री पोखरेल बुटवलमा शनिबार हुने कार्यक्रमका लागि गएका थिए ।

प्रतिक्रिया दिनुहोस्