मदिराको लत : कसले कसरी पिउने ?


डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ)

रक्सी धेरै नै प्रयोगमा आएको पेयपदार्थ हो । यसलाई चाडपर्व, उत्सव, सुख–दुःख, छुट्टी, जमघट, रमझम आदि जस्तोसुकै परिस्थितिमा पनि पिउने गरिन्छ । कतिपय देशमा पानीको सट्टा रक्सी पिउने गर्छन् । रक्सीको सेवन राम्रो होइन भन्ने सबैलाई थाहा छ । यसले स्वास्थ्यलाई हानि र्पुयाउँछ भन्ने पनि थाहा छ । तैपनि रक्सीको सेवन यत्रतत्र सर्वत्र भैराखेको छ ।

रक्सीले स्वास्थ्यमा पार्ने असरबारे विवाद छ, अनुसन्धानहरु र वैज्ञानिक धारणाहरु पनि विवादास्पद । कसैले थोरै पिउँदा राम्रो, धेरै पिउँदा नराम्रो भन्छन् । कसैले पिउनु हुँदै हुँदैन भन्छन् । दुइ पेगले मुटु बलियो बनाउँछ भनेर दैनिक दुई पेग पिउनेहरु पनि धेरै छन् । दिनदिनै थोरै पिए धेरै बाँचिन्छ भनी शताब्दी पुरुष सत्यमोहन जोशीको उदाहरण दिनेहरु पनि छन् । पिउँदै नपिईकन पनि सय वर्षभन्दा बढी बाँच्न सकिन्छ भनी राष्ट्रकवि माधवप्रसाद घिमिरेको उदाहरण दिनेहरु पनि यहीँ छन् ।

रक्सी भनेको ह्विस्की, भोड्कालाई मात्र मान्नेहरु पनि धेरै छन् । रक्सी पिउने बानी छैन तर बियर र वाइन पिउने गर्छु भन्नेहरु पनि धेरै भेटिन्छन् । रक्सी पिएर जीवन बरबाद गर्नेहरु पनि छन्, खुशीसाथ बाँच्नेहरु पनि ।

रक्सी नपिएको सबैभन्दा राम्रो हो । पिउनै पर्ने भए १–२ युनिटभन्दा बढी नपिएको राम्रो

रक्सीबारे नयाँ कुरा के छ त रु यसबारे वैज्ञानिक तथ्यहरु र आफ्ना केही अवधारणाहरु यहाँ पोख्दै छु ।

रक्सी भनेको अल्कोहल हो । वाइन, बियर, भोड्का, ह्विस्की, जीन, जाँड आदि नशालु पेयपदार्थ हुन् । जसमा रक्सी याने अल्कोहल हुन्छ । रक्सीलाई युनिटमा नापिन्छ । भोड्का, ह्विस्कीमा ४० प्रतिशत रक्सी हुन्छ । यसको ३० मिलिलिटर बराबर १ युनिट हुन्छ । यस्तै प्रकारले १२ प्रतिशत रक्सी भएको वाइनको १ सय एमएल र ४ प्रतिशत रक्सी भएको बियरको २२० एमएल बराबर १ युनिट हुन्छ । युनिटमा नाप्ने र युनिटमा कुरा र्गयो भने रक्सीले स्वास्थ्यमा पार्ने असरबारे बुझ्न झन् सजिलो हुन्छ । १ युनिट रक्सीलाई कलेजोले २ घण्टा लगाएर पचाउँछ तर सासमा यसको असर २४ घण्टासम्म रहिरहन्छ ।

ट्राफिकले ब्रिथलाइजर उपकरणमा फू गर्न लगाएर रक्सी पिएको कुरा पत्ता लगाउँछन् । थोरै रक्सी (२ युनिट) ले मुटु बलियो बनाउँछ, हृदयघातबाट बचाउँछ भन्ने कुरा पहिले–पहिले भएका केही अनुसन्धानबाट प्राप्त तथ्यहरु हुन् । अहिलेसम्म पनि यो तथ्य पश्चिमी मेडिकल पाठ्यपुस्तकहरुमा परिवर्तन भएका छैनन् । रक्सी पिउँदा थोरै पिउनु भन्ने लेखेको छ तर पिउँदै नपिउनु भनेर लेखेको छैन । हामी पनि यही तथ्यमा आधारित भएर सल्लाह दिने गर्छौं । तर बुझ्नुपर्ने कुरा के छ भने हृदयघातबाहेक मुटुका अन्य धेरै प्रकारका रोगहरु छन्, जसलाई थोरै रक्सीले पनि बेफाइदा गर्छ ।

यसबाहेक कलेजो, पाचनग्रन्थी, पित्तथैली, पेट, आन्द्रा आदि सबैलाई थोरै रक्सीले पनि हानि गर्छ । रक्सीको थोरै मात्राले पनि क्यान्सर रोग लाग्ने सम्भावनालाई बढाउँछ । यसको मतलब समग्र स्वास्थ्यमा १–२ युनिट रक्सीले पनि हानि पु¥याउँछ । रक्सीको मात्रा जति–जति बढ्दै जान्छ हानि हुने मात्रा पनि त्यति नै बढ्दै जान्छ । यो कुरा १ वर्षअगाडि गरिएको ठूलो वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरेको छ । नयाँ–नयाँ अनुसन्धानहरु हुँदै जान्छन् । नतिजाहरु पनि फरक–फरक आउँदै गर्छन् । हामीले रक्सीका बारे पनि फरक–फरक कुरा सुन्दै जान्छौं । रक्सी र स्वास्थ्यका बारेमा विवाद अझै सकिएको छैन । पिएर धेरै बाँच्नेहरु पनि छन्, नपिएर चाँडै मर्नेहरु पनि छन् ।

पाठकहरुलाई मेरो सल्लाह छ– रक्सी नपिएको सबैभन्दा राम्रो हो । पिउनै पर्ने भए १–२ युनिटभन्दा बढी नपिएको राम्रो । यो भन्दा बढी पिउने हो भने भगवान्लाई सम्झेको राम्रो, किनकि उनैले निर्धारण गर्नेछन् रक्सी तपाईंले पिउने हो वा रक्सीले तपाईंलाई पिउने हो । साधनाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान