गृह मन्त्रालयद्वारा सिडिओको सरुवा, को कहाँ गए हेर्नुहोस्



काठमाडौं : गृह मन्त्रालयले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ । जसअनुसार सोलुखुम्बुमा रमा आचार्यलाई पठाएको छ । रौतहटमा वासुदेव घिमिरे र कपिलवस्तुमा दीर्घनारायण पौडेललाई पठाएको छ ।

यसअघि पौडेल अध्यागमन कार्यालय, घिमिरे, कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत थिए ।


यसै गरी कपिलवस्तुका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु सिडिओ किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका बेदनिधी खनाललाई सहायक सिडिओका रुपमा रुपन्देहीमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्