हुम्लामा ४ फिटसम्म हिमपात



हुम्ला: हुम्लामा अत्यधिक हिमपात भएको छ। सदरमुकाम सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ। विद्यार्थीको पठनपाठनसमेत बन्द भएको छ। मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो। हिमपातका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा अभाव हुन थालेको छ।

 

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन्। माथिल्लो हुम्लामा ४ फिटसम्म हिउँ जमेकोे छ। हिमपातपछि तापक्रम घट्दै गएको छ। सबैभन्दा बढी उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ। ‘एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने। 

प्रतिक्रिया दिनुहोस्