नापी कार्यालयका सर्भेक्षक घुससहित अख्तियारको नियन्त्रणमा



मोरङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला नापी कार्यालय बेलवारीमा कार्यरत सर्भेक्षकलाई ७ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

मोरङ जिल्ला नापी कार्यालय बेलवारीमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहले जग्गा नापी गरी सिमाङ्कन गरिदिने भन्दै सेवाग्राहीसँग ७ हजार घुस लिएको सूचना र निवेदनको आधारमा आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले आज (सोमबार) नियन्त्रणमा लिएको आयोजका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनलाई बेलवारी नगरपालिका वडा नम्बर १० भाउन्ने चोकबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्