पत्रकार खड्काको ’नियत’ बजारमा



काठमाडौं : एक दशकदेखि फिल्म पत्रकारीतामा जमेका पत्रकार धनबहादुर खड्का (डिबी) खड्काको फिल्म लाईनका कलाकारहरुले भोगेका कथाव्यथालाई समेटेर लेखेको कृति ’नियत’ सार्वजनिक भएको छ ।

हिजो (सोमवार) प्रज्ञा भवन कमालादीमा एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले उक्त कृति ’नियत’ सार्वजनिक गरेका हुन्।

पत्रकार खड्काले पुस्ताकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरेका छन् । कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काको भनाई छ।

कार्यक्रममा अभिनेत्रीहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि आफूले भोगेका तिता मिठा कथाहरु सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्