दुई हजार घुससहित प्रहरी जवान पक्राउ



काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई हजार घुससहित एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्कालाई २ हजार घुससहित पक्राउ गरेको हो ।

डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी लाईसेन्स राखी कुनै चिट नदिई मिलाउनुस भनी घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनका आधारमा आयोग टंगालबाट खटिएको टोलीले आज (मंगलबार) खड्कालाई पक्राउ गरेको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार खड्कालाई सेवाग्राहीबाट दुई हजार घुस लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्