कामपाले ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्ने


काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट रु ८४ करोड २१ लाख बजेट संशोधन गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४५ करोड ६० लाख , सम्पत्ति खरीदतर्फ रु २७ करोड, सामाजिक विकास कार्यक्रमतर्फ रु एक करोड ६७ लाखसहित छ शीर्षकको रकम संशोधन गरेको हो ।

संशोधित बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ रु आठ करोड ४४ लाख, शिक्षातर्फ रु ५० लाख र चालु खर्चतर्फ रु एक करोड संशोधन भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो ।

यसरी बजेट थप गरिएका कार्यक्रममा वडास्तरीय पूर्वाधार विकास, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगर विशेष पूर्वाधार कार्यक्रमलगायत छन् । त्यस्तै वडा नं २३ र ३० को कार्यालय भवनका लागि जग्गा तथा भवन खरीद, वडा नं १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, विद्यालयमा कम्प्युटर ल्याब र विद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन् ।

त्यस्तै कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुट्याउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नति लगायतका कार्यक्रम पनि शंशोधित बजेटमा परेको छ । सभामा लेखा समितिका संयोजक ध्रुव त्रिपाठी, बिधायन समितिका संयोजक नरेशमान महर्जन र शुशासन समितिक संयोजक हुमादेवी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कामपालाई सुशासनयुक्त बनाउन छरिएका कार्यालयहरुलाई एकै ठाउँमा बनाउनु पर्ने शुशासन समितिकी संयोजक आचार्यले बताए ।

समितिका संयोजकले देखाएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका विषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले प्रतिवेदनका विषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । वडा नं ७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले फुटपाथ व्यवस्थापनलाई समन्वयात्मक रुपमा नियमन गरिनुपर्ने बताए ।

वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले वडा भवन निर्माणका लागि सबै एक मत भएर पनि काम नभएको प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । उपप्रमुख हरिप्रभा खड्गीले सार्वजनिक शौचालय निर्माण सञ्चालन र व्यवस्थापनका लागि कार्यपालिकाको बैठकले आफूलाई जिम्मेवारी दिएको जानकारी गराउँदै सबै जनप्रतिनिधिलाई आफ्नो वडामा देखिएका आवश्यकता आफूलाई जानकारी गराउन र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काम गर्ने १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ : सङघीय राजधानी काठमाडौँमा कोरोना सङ्क्रमणको सङ्ख्या बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शङ्कास्पद

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो