माघी पर्वमा कर्णालीमा सार्वजनिक बिदा



सुर्खेत : कर्णाली प्रदेशले माघे संक्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको “माघे संक्रान्ति मेला २०७५” को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माघीमा सार्वजनिक बिदा दिने बताएका हुन् ।

नेपालको बहुसांस्कृतिक, बहुधार्मिक समाज र त्यसको मौलिकतालाई सम्मान गर्न बिदा दिन लागेको मुख्यमन्त्री शाहीले बताए । 

कार्यक्रममा पूर्वमन्त्री माथवरसिं थापामगरले जनजातिले मनाउँदै आएको मौलिक चाडपर्वको बिदा कटौती गरेर सरकारले सामाजिक विभेद गरेको आरोप लगाए । 

नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका प्रवक्ता  नवीन रोका मगरले समुदाय विशेषलाई पन्छाएर देशमा समृद्धि नआउने बताए ।  

समृद्धिका लागि सबै समुदायको समान पहँुच वृद्धि गर्नु पर्नेमा जोड दिँदै रोकाले यसका लागि प्रशस्त अवसरको सृजना गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्