कन्दमुल खादा यस्ता छन् फाइदा र बेफाइदा, के भन्छन् डाक्टर ?



काठमाडौं : हरेक चाडपर्व हाम्रा लागि विशेष हुन्छ । विभिन्न धर्मसंस्कृति अनुसार चाडपर्वको आफ्नै महत्व हुन्छ । माघे संक्रिान्तिको पनि छुट्टै महत्व रहेको छ ।

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । आजका दिन विशेष गरेर सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछ र माघे संक्रिान्तिलाई मकर संक्रिान्ति पनि भनिन्छ । विशेष गरेर आजको दिन मगर, थारु, छन्त्याल र नेवार समुदायले धुमधामका साथ मनाउने गरेपनि पछिल्लो समय सबै समुदायका मानिसले मनाउने गर्दछन् ।

आजको दिन घ्यू, चाकु, तिलको लड्डु, भुजा वा चिउराको लड्डु, खिचडी, सेल, फापर र मासको फुरौला त्यसैगरी उसिनेको सखरखण्ड, पिडालु, स्कुस, स्कुसको जरा, तरुल, फर्सि, सिमल तरुल लगाएतका कन्दमुल खाने गरिन्छ । त्यसोत माघे संक्रिान्तिमा मात्र नभएर नेपालका हरेक पर्वमा विभिन्न खानेकुरा खाने गरिरन्छ । यसरी खाने परिकारले हाम्रो स्वास्थ्यमा एकदमै फाइदा पुग्ने चिकित्सकहरु बताउछन् । विशेष गरेर माघे संक्रिान्तिमा खाइने कन्दमुलले मानव स्वास्थ्यमा पुग्ने फाइदाको बारेमा आज हामी पोषण विज्ञ डा.हरी ढकालसँग कुराकानी गछौं ।

कन्दमुलमा के पाइन्छ ?
तरुल लगाएतका कन्दमुल कोहि पेट भर्न खान्छन् त कोहि स्वादका लागि खान्छन् । जसजसले जसरी जसरी खाए पनि मानव स्वास्थ्का लागि यी कुरा एकदमै फाइदाजक हुन्छ । कन्दमुल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ । कन्दमुलमा प्रोटिन भने कम पाइन्छ ।

कन्दमुल खानुका फाइदा
स्वास्थ्यको हिसाबले हेर्ने हो भने आधुनिक समाजमा कन्दमुल खानु धेरै फाइदा हुन्छ । नेपालीहरुले जुन समय पनि भात मात्र खाने हुँदा तरुल लगाएत कन्दमुलमा मानव स्वास्थ्यमा आवश्यक पर्ने पौष्टिक तत्वहरु पाइने हुनाले दैनिक यस्ता चिज खादा एकदमै फाइदा पुग्ने पोषण विद्हरुले बताएका छन् । तरुलमा कार्वोहाइड्रेड बढि पाइने हुनाले शक्तिको श्रोतको रुपमा पनि लिइन्छ । यसका साथसाथै आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ ।

तरुलमा फाइबरको मात्र पाइने भएकोले पाचनप्रक्रिया सम्बन्धि समस्या भएकाका लागि पनि उपयुक्त मानिन्छ । त्यतिमात्र हैन मुटु सम्बन्धि लाग्ने समस्याबाट पनि जोगाउछ । तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिँदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्वारद्वारा सजिलै बाहिर निकाल्न मद्दत गर्छ । यसले किड्नी तथा पाचनशक्तिमा गडबडी, बच्चाहरुको वृद्धि विकास नहुने जस्ता समस्याहरु देखिए नियमित कन्दमुल खाएको खण्डमा यस्ता समस्यालाई धेरै हदसम्म रोक्न सकिन्छ । यस्ता पोषिलो कन्दमुल धेरै जसो गर्भवती महिला, बालबालिका र ६० वर्ष नाघेको व्यक्तिलाई धेरै फाइदा पुग्छ ।

कन्दमुल खादाका बेफाइदा
मानव स्वास्थ्यको हिसाबले कन्दमुल खानु फाइदा भएपनि कसैकसैका लागि यो बेफाइदा पनि हुन्छ । विशेष गरेर मृगौला रोगीहरुले यसका प्रयोग गर्नुहुँदैन । यति मात्र हैन मोटोपन हुनबाट बच्नको लागि पनि यसको प्रयोग नगर्दा नै राम्रो हुन्छ । एक दिन खादा खासै असर नगरे पनि दिनहुँ प्रयोग गर्दा अलि ध्यान पुर्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्