यूएई र ओमानसँग पनि शून्य लागतमा श्रम सम्झौता हुँदै



काठमाडाै‌ं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र यूएईसँग पनि मलेसियासँगजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझदारी (एमओयू) गर्ने तयारी गरेको छ। एमओयूका लागि नेपालले जनवरीभित्र ओमान र यूएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ। 

 

नेपालले यूएईसँग यसअघि नै गरेको समझदारीलाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अभिसन्धीअनुसार गर्ने र ओमानसँग नयाँ श्रम समझदारी गर्ने गरी योजना बनाएको कारोवारमा खवर छ । यूएई र ओमानअघि कतारसँग श्रम समझदारी हुने भए पनि यी २ देशसँग भने कामदारका विभिन्न सेवा, सुविधा र अधिकारका लागि छलफल गर्ने नेपाल पक्षको योजना छ।

प्रतिक्रिया दिनुहोस्