बालुवाटारमा विप्लवले बम राख्दा प्रधानमन्त्री निवासमा हलचल



काठमाडौं : हिजो बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ललिता निवास र ललितानिवास जग्गाकाण्डका एक मुख्य नाईके शोभाकान्त ढकालको नागार्जुन नर्सरीटोलस्थित घरमा शक्तिशाली बम बिस्फोट भएको घटनाले संघीय राजधानीमै त्यो पनि प्रधानमन्त्रीको निवाससँगै बम राख्ने, जग्गा कब्जा गरेकोे झण्डा राख्ने र बम बिस्फोट गराउने घटनाले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ ।

सभामुख निवास, नेपाल राष्ट्र बैंक, प्रधानन्यायाधीश र प्रधानमन्त्रीका सरकारी निवास रहेका कारण २४ सै घण्टा उच्च सुरक्षा सतर्कता हुने स्थान नजिकै बम फेला परेपछि महानगरीय प्रहरी आयुक्त कायर्कालयका डिआईजी विश्वराज पोखरेल र काठमाडौका एसएसपी उत्तमराज सुवेदीका साथै सुरक्षा संयन्त्रमाथि प्रश्न चिन्ह खडा भएको छ । यस्तो संवेदनशील स्थानमा बम र ब्यानर राख्दा समेत सुरक्षा संयन्त्रको ध्यान नपुगेको भन्दै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो ब्यक्त गरेको बताईएको छ ।

घटनाको जिम्मेवारी नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । ढकालको घरमा राखिएको बम विस्फोट हुन पुग्यो भने ललितानिवास कम्पाउण्डमा राखेको बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । तर अहिलेसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको न त पहिचान गर्न सकेको न त पक्राउ नै गर्न सकेको छ ।

यो घटना विप्लव समूहका उपत्यका ईन्चार्ज चिरन पुन(हितमान) को नेतृत्वमा भएको बताईन्छ । पुनलाई विप्लव समूहको नारायणी ब्युरो ईन्चार्जबाट केही समय अगाडी उपत्यका ब्युरो ईन्चार्जमा ल्याईएको थियो । यसअगाडी उपत्यका ईन्चार्ज रहेका माईला लामालाई गत साउन ४ गते काठमाडौ काँडाघारीबाट प्रहरीले पक्राउ गरेपछि विप्लव समूहले नविन विकलाई उपत्यका ईन्चार्जको जिम्मेवारी दिएको थियो ।

नविनलाई पनि गत असोज ६ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।त्यसपछि काठमाडौं, ललितपुर र भक्तपुर तथा नुवाकोट, रसुवा र धादिङ गरी ६ जिल्लालाई समेटेर विप्लव समूहले बनाएको उपत्यका ब्युरो ईन्चार्जमा चिरनलाई ल्याईएको हो ।
चिरनले उपत्यकाको कमाण्ड सम्हालेपछि पहिलो एक्सनका रुपमा यो घटनालाई लिदै घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होबिन्द्र बोगटीले घटनामा संलग्नताको खोजी भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनबिरुद्ध नेपाली काँग्रेसले

नयाँदिल्ली : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्कन लागेका छन् । मन्त्री ज्ञवाली नेपाल वायु

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका