‘सवारी दुर्घटना रहित प्रदेश बनाउन सबैको सहयोग आवश्यक’



वीरगन्ज : सवारी दुर्घटना न्युनिकरण गर्न आम सर्वसाधारण तथा नियमनकारी निकायहरु गम्भीर हुन आवश्यक भएको बक्ताहरुले जोड दिएका छन ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सवारी दुर्घटना न्युनिकरण तथा ट्राफीक व्यवस्थापन सम्बन्धी शनिबार वीरगन्जको घण्टाघर स्थित बिपि उधानको खाली जग्गामा आयोजित जनचेतना मुलक कार्यक्रममा सहभागी बक्ताहरुले प्रदेश दुईमा ट्राफीक दुर्घटनामा कमी ल्याउन तथा ट्राफीक नियम बारे सबै सचेत हुन जरुरी रहेको कुरामा जोड दिए ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रदेश २ का प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले तथ्याकं प्रदेश २ मा ट्राफिक दुर्घटनामा वृद्धी भए संगै ट्राफिक नियम उल्लघंनका घटनाहरुमा वृद्धी भएको बताए । उनले आर्थिक बर्ष ०७४–०७५ मा सवारी दुर्घटनामा परेर ३ सय ९४ जनाले ज्यान गुमाएको बताए ।

०७५–०७६ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सख्यामा वृद्धि हुँदै ४ सय ९६ पुगेका छ्न । उनले भन्ने चालु आर्थिक वर्षको हालसम्म २ सय ४१ जनाले ज्यान गुमाइ सकेका छन । उनले सवारी दुर्घटनाको तुलना समेत दिनप्रती दिन वृद्धि हुँदै गएको बताए ।

गत आर्थिक ०७४–०७५ मा ११ सय ५ वटा सवारी साधन दुर्घटनामा परेका थिए भने ०७५–०७६ मा ९ सय १४ वटा सवारीका साधनहरु दुर्घटनामा परेको थियो । त्यसैगरी चालु आर्थीक वर्षको हाल सम्ममा ५ सय २७ सवारीका साधनहरु दुर्घटनामा परि सकेको उनले बताए । सवारी दुर्घटनामा परेर घाईते हुनेको सख्या ३ हजार ७ सय ७२ रहेको छ ।

आर्थिक बर्ष ०७४–०७५ मा १७ सय १५ र ०७५–०७६ मा १२ सय ६९ तथा र चालु आर्थिक वर्षको हाल सम्ममा ७ सय ८८ जना सवारी दुर्घटनामा परी घाइते भएको ट्राफिक प्रहरी उपरीक्षक महतोले बताए ।

उनले भन्ने, ८० प्रतिशत भन्दा बढी दुर्घटनाहरु आम सर्वसाधारणको गल्तीले हुने गरेको छ ।

ट्राफिक दुर्घटना न्यूनीकरण र प्रदेश २ लाई दुर्घटना रहित प्रदेश बनाउने लक्ष्य लिएर अगाडी बढी रहेको छु यसमा सबैको सहयोग अपरिहार्य हुन आवश्यक रहेको उनले बताए ।

हामी सचेत भए पनि स साना गल्तीका कारण ठुलो दुर्घटनाहरु निम्ती रहेकाले यसमा सुधार न्याउन ट्राफिक प्रहरी लागू गरेको नियमलाइ इमान्दारीता पुर्वक पालना गर्न आग्रह गर्दै उनले भने, ट्राफिक नियम पालना गरे हद सम्म दुर्घटना न्यूनीकरण गर्न सक्ने छौ ।

ट्राफिक दुर्घटनाले हामी हाम्रै आफन्त गुमाई रहेकाले आफु पनि सचेत होऔँ र अरुलाई पनि सचेत गराउन सके धैरे हद सम्म ट्राफिक दुर्घटनामा कमी आउने उनले बताए ।

कार्यक्रम वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले हाम्रो सुरक्षाको लागी बनाइएको ट्राफिक नियम हामीले पालना गर्दिएनौ भने ट्राफिकले जरिवाना मात्र काटेर ट्राफिक दुर्घटना न्युनिकरण नहुने बताए । वीरगन्जमा ट्राफिक व्यवस्थापन गर्न गुरु योजना बनाइसकेको जानकारी गराउदै मेयर सरावगीले मुख्य सडक तोडने मुद्धा अदालतमा विचाराधिन रहेकोले अदालतको निर्णय आए संगै गुरु योजना अनुरुप वीरगन्जमा ट्राफीक व्यवस्थापनका विभिन्न कार्यहरु सुरु हुने जानकारी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नियमनकारी निकायको नियन्त्रणको प्रयास फितलो भएको कारण सवारी दुर्घटनामा वृद्धी हुनुका साथै ट्राफिक उल्लंघनका घटनामा समते वृद्धी भइरहेको बताए । ट्राफिक नियम उल्लघंन नगर्न हामी र हाम्रो समाजलाई सचेत गराउनु पर्ने समय आएको बताउदै प्रजिअ बस्नेतले बर्दीधारी ट्राफिकले मात्र चाहेर दुर्घटना न्युनिकरण हुन नसक्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले वर्षेनी सवारी दुर्घटनामा वृद्धी भएर हाम्रै आफन्त गुमाई रहेकाले ट्राफिक नियमको पालना गर्न हामी सबै सचेत हुन गम्भीर हुनु पर्नेमा जोड दिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जिम्मेवार संस्थाहरु संग समन्वय तथा आम सर्वसाधारणलाई सचेत गराउन सकिए ट्राफिक दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न सवारी चालक तथा ट्राफिक प्रहरीलाई २ सय ५० वटा फोल्लोरोसिंग ज्याकेट वितरण गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कायक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरिक्षक कमलराज पण्डीतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्