फ्रान्समा भएको आगलागीमा १९ घाइते



एजेन्सी : फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको एक चार तले अपार्टमेन्टमा आगलागी हुँदा १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । 

आगलागीका कारण अपार्टमेन्टको केही भाग भत्किएको छ । 

आगलागी नियन्त्रणमा आइसकेको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्