पेस्तोलसहित जनकपुरबाट दुई जना पक्राउ



जनकपुरधाम : प्रहरीले जनकपुरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१ भानुचोकमा बा१४च ७४५९ नम्बरको कारबाट पेस्तोल र ६ राउण्ड गोलीसहित हिजो (शनिबार) प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडीधनी समेत रहेको क्षिरेश्वरनाथ नगरपालिका १ का जितेन्द्र कुमार यादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा छन् ।

उनीहरु सवार करले हिजो साँझ ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र घटनास्थलमा प्रहरी पुगि चेकजाच गर्ने क्रममा ६ राउण्ड गोली लोडेड अवस्थामा पेस्तोल बरामद भएको थियो ।

पेस्तोल वरामद भएपछि प्रहरीले यादव र झालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले जानकारी दिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्