प्रदेश २ मा आज सार्वजनिक बिदा



जनकपुरधाम : प्रदेश नम्बर २ मा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ । मधेश आन्दोलनका शहिदहरुको सम्झनामा मनाइने वलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले आज सार्वजनिक बिदाको दिने घोषणा गरेको हो ।

प्रदेश सरकारको आयोजनामा यसपाली वीरगञ्जमा वलिदानी दिवस मनाईंदै छ । कार्यक्रममा प्रदेश सरकार मन्त्री, मधेश आन्दोलनका सहयात्री दलका नेता, शहिद परिवार, नागरिक समाज, बुद्धिजिवीहरु सहभागी छन् ।

यसअघि गत वर्ष माघ ५ गते प्रदेश सरकारले सिरहाको लहानमा वलिदानी दिवस मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्