गायिका आस्था राउतमाथि पक्राउ पुर्जी जारी



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी कर्मचारी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गर्ने गायिका आस्था राउतविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

महानगरीय प्रहरी परिसरका अधिकारी गायिका राउतविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित आज (आइतबार) दिउँसो २ बजे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए ।

उनका अनुसार मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

राउतले बिहीबार प्रहरी जवान श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्