वलिदानी दिवसमा राजपा विद्यार्थी संघद्वारा दीप प्रज्वलन



जनकपुरधाम : आज माघ ५ गते । मधेश आन्दोलनका शहिदहरुको सम्झनामा मनाइने वलिदानी दिवसको दिन ।

दिवसको अवसरमा राष्ट्रिय जनता पार्टी नेपाल निकटका राष्ट्रिय विद्यार्थी संघले जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन गरेको छ ।

राष्ट्रिय जनाता पार्टी (राजपा) विद्यार्थी संघका कार्यकर्ताहरुले मैनबत्ती बालेर वलिदानी दिवसका दिन मधेश आन्दोलनका शहिदहरुको सम्झना गरेका हुन् ।

सो अवसरमा बोल्दै राजपा अध्यक्ष मण्डल धनुषाका सदस्य ज्ञानेन्द्र झा ज्ञानुले मधेश आन्दोलनका कारणले नै आज नेपालमा गणतन्त्र स्थापना हुन सम्भव भएको बताए ।

‘मधेश आन्दोलनको जगमा नेपालमा गणतन्त्र स्थापना भएको छ’, उनले भने– ‘यो नेपाली राजनीतिमा ऐतिहासिक परिघटना हो । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका वीर शहिदहरुको वलिदानीले आज मूलुकमा गणतन्त्र संस्थागत भएको हो ।’

राष्ट्रिय विद्यार्थी संघ राराब इकाई समितिका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा आयोजित दीप प्रज्वलन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सुदर्शन सिंह, राजपा विद्यार्थी संघका केन्द्रीय महासचिव रञ्जित निष्पक्ष, जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झा, राजपा विद्यार्थी संघका रोशन मिश्रा, इजाज अन्सारी, शिव यादव, अशोक यादव, रोशन साह लगायतकाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्