नेकपा–राजपालाई समाजवादीको साथ



काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि तीन पार्टीबीचमा सहकार्य गर्ने सहमती भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल संघीय समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति भएको हो ।

हिजो (आइतबार) ९ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ को ४ सिटमा तीन पार्टीबीचमा सहकार्य गर्ने सहमति भएको हो । यसअघि नै नेकपा र राजपाबीच दुई दुई सिट बाँडफाँड गर्दै एक अर्कालाई सहयोग गर्ने सहमति भइसकेको छ ।

प्रदेश २ मा नेकपाबाट तुलसाकुमारी दाहाल र राधेश्याम पासवान र राजपाबाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह उम्मेदवार रहेका छन् । तीन पार्टीबीचमा भएको सहमतीपत्रमा यि चार उम्मेदवारको पक्षमा मतदान गर्ने सहमति भएको छ ।

सहमति पत्रमा नेकपा महासचिव बिष्णुप्रसाद पौडेल, राजपा संसदीय दलका नेता महन्थ ठाकुर र समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारीले हस्ताक्षर गरेका छन् ।

प्रदेश २ को ४ सिटका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टीबीच एक अर्कालाई सहयोग गर्ने सहकार्य भएको छ ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्