काठमाडौं विश्वविद्यालयमा वेथितिको चाङ



काभ्रे : काठमाडौं विश्वविद्यालयमा आन्दोलनका कारण विश्वविद्यालयमा अध्ययनरत विधार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने काम भएको छ । आन्दोलनका नाममा त्यहाँ विश्वविद्यालयमा वेथिति सिर्जना गरेको भन्दै अविभावकहरुले आपत्ति जनाईरहँद्या पनि विश्वविद्यालय प्रशासनले कुनै चासो नदिदा झन तनाव सिर्जना भएको छ ।

एक महिनाअघिदेखि काठमाडौं विश्वविद्यालयमा प्राध्यापक संघ र कर्मचारी संघले निरन्तर आन्दोलन गरिरहँद्या पनि प्रशासन मौन देखिएको छ । तर प्रशासनले भित्रभित्रै आन्दोलन दबाउने नीति लिएको आन्दालनरत प्राध्यापकहरु बताउन थालेका छन् ।

आन्दोलनरत पक्षले विश्वविद्यालयमा ताला लगाउदा विधार्थीहरुको पठनपाठनमा समस्या आएको छ भने प्रशासनले विज्ञप्ति निकालेपछि आन्दोलनरत पक्ष झन उग्र बन्दै गईरहेका छन् । उनीहरुले प्रशासनले निकालेको विज्ञप्ति आँखामा छारो हाल्ने खालको रहेको बताउदै आएका छन् । प्रशासनले गत माघ ४ गते एक विज्ञप्ति प्रकाशित गरेको थियो ।

आन्दोलनरत पक्षले विज्ञप्तिमा विगत १२–१३ वर्षदेखिको मागलाई लुकाएको आरोप लगाएका छन् । यस्तै सम्झौता ०७६ साउनमा नभई ३० भदौमा भएको, पठनपाठन, परीक्षा सञ्चालनमा कुनै अवरोध नगरी ४० दिनसम्म शान्तिपूर्ण आन्दोलनपश्चात गरेको सम्झौता कार्यान्वयन गर्न छलकपट गरेको कुरा बाहिर नल्याएको, गरेका सम्झौता ७, १५, ३० र ६० दिनभित्र गर्नुपर्ने कामहरू नगरेको , ३० कात्तिकभित्र बोलाउनुपर्ने विशेष सभा बोलाउन १३ माघसम्म ल्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको बताएका छन् ।

त्यतिमाञ नभई विभिन्न निकाय लगाएर आन्दोलनरत पक्षलाई धम्काएको आरोप पनि लगाएका छन् ।

उता केयु प्रशासनले कार्यरत केही प्राध्यापक तथा कर्मचारीले राखेका विभिन्न मागहरू सम्बोधन गर्न गत ०७६ साउन महिनामा वार्ता समितिले सम्झौता गरेको र सम्झौता कार्यान्वयन गर्न पहल भइरहेको कुरा सबैलाई थाहा भएको, सम्झौता कार्यान्वयन गराउने क्रममा ती बिषयहरू ०७६ पुस ४ मा बसेको विश्वविद्यालय सभाको ८५औँ बैठकमा प्रस्तुत गरिएको र ०७६, १३ माघमा प्रधानमन्त्री कुलपतिको अध्यक्षतामा बस्ने बैठकका राख्ने कुरा विज्ञप्तीमार्पmत जानकारी दिएको छ ।

आन्दोलनरतहरुका तालाबन्दीका कारण पठनपाठन, परीक्षा र अन्य महत्वपूर्ण नियमित कार्यक्रमहरूमा अवरोध पुगेको, विश्वविद्यालयको छवीमा गम्भीर असर पर्नु स्वभाविकै हो, तालाबन्दी अन्त्य गरी विश्वविद्यालयका कार्यक्रमहरू सूचारु गर्न दिन र आगामी विशेष सभाको तयारीमा केन्द्रित हुन प्राध्यापक तथा कर्मचारीलाई आह्वानसमेत विज्ञप्तिमा गरिएको छ ।

यसरी विश्वविद्यालयले विज्ञप्ति जारी गरेपनि आन्दोलनरत पक्षले भने आन्दोलन नरोकिने बताएका छन् । उनीहरुले जस्तोसुकैपरिस्थिति आए पनि आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । विश्वविद्यालय प्राध्यापक संघका सभापति बेदमणी दाहालले आन्दोलन कुनै पनि हालतमा नराकिने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्