जनकपुर उड्न लागेको बुद्धको विमान यतिसँग ठोक्कियो



काठमाडौं : जनकपुर उडान भर्दै गरेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमन स्थलमा रोकिराखेको यती एयरलाइन्सको विमानसँग ठोक्किएको छ ।

विमानस्थलमा बुद्ध एयर र यती एयरलाइन्सको विमन एक आपसमा ठोक्किएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले पुष्टि गरेका छन् ।

दुई विमान ठोक्किदा ठूलो क्षति नभएको प्रवक्ता कर्णले जानकारी दिएका छन् ।

यति एयरलाइन्सको विमानसँग ठोक्किएपछि बुद्ध एयरको उडान रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्