प्रजिअभन्दा गाउँपालिका अध्यक्ष मर्यादामा अगाडि



काठमाडौँ:  मुख्यमन्त्री तथा स्थानीय सरकार प्रमुखहरूको तीव्र दबाबपछि सरकारले मर्यादाक्रम हेरफेर गरेको छ विभिन्न पदाधिकारी तथा पूर्वपदाधिकारीको मर्यादाक्रममा मुख्यमन्त्रीलाई ४ औं स्थानमा राखिएको छ गत वर्ष निर्धारित मर्यादाक्रममा मुख्यमन्त्री २४ औं स्थानमा थिए

 

महानगर प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको मर्यादाक्रम पनि पहिलेभन्दा अगाडि तानिएको छ यसो गर्दा मुख्य सचिवदेखि प्रमुख जिल्ला अधिकारीसम्मको मर्यादाक्रम साबिकभन्दा तल सरेको छ

 

नयाँ मर्यादाक्रममा क्रमश: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष, प्रदेश प्रमुख तथा त्यसपछि केन्द्रीय मन्त्री र मुख्यमन्त्री छन् पुस २३ को मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नयाँ मर्यादाक्रम निर्धारण गरिएको जानकारी दिए

 

मर्यादाक्रमको सातौं लहरमा केन्द्रीय मन्त्रीलगत्तै मुख्यमन्त्रीलाई राखिएको छ प्रदेशप्रमुख तथा मुख्यमन्त्रीको आफ्नो प्रदेशभित्र बाहिरको मर्यादाक्रम फरकफरक तोकिएको छ आफ्नो प्रदेशमा मुख्यमन्त्रीको मर्यादा प्रतिनिधिसभामा विपक्षी दलका नेता, नेपालरत्न पाउने व्यक्तित्वहरू, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, पूर्वसभामुख/अध्यक्ष, पूर्वउपप्रधानमन्त्री/मन्त्रीभन्दा माथि रहनेछ

 

तर प्रदेशभन्दा बाहिर मुख्यमन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभाका विपक्षी दलका नेता र नेपालरत्न पाउने व्यक्तिभन्दा पछाडि तोकिएको छ प्रदेशप्रमुख आफ्नो प्रदेशभित्र नेपाल सरकारका मन्त्री मुख्यमन्त्रीभन्दा माथि रहनेछन् तर अन्यत्र केन्द्रीय मन्त्री तथा सम्बन्धित प्रदेशका मुख्यमन्त्रीभन्दा तल रहनेछन्

 

यसअघि मुख्य सचिवभन्दा पछाडि पारिएका प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम माथि सारिएको छ प्रदेश सभामुखलाई केन्द्रीय राज्यमन्त्रीसरह राखिएको भने प्रदेश मन्त्रीलाई केन्द्रीय सहायकमन्त्रीसरह संघीय संसदका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका उपसभामुख, प्रदेशसभाका विभिन्न समितिका सभापति, काठमाडौं महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य तथा पूर्वसांसद पछाडि मुख्यसचिवको मर्यादाक्रम तोकिएको छ

 

मुख्यसचिव लगत्तैको मर्यादामा प्रधानसेनापति छन् त्यसपछि मर्यादाक्रमको १० औं लहरमा क्रमश: प्रदेश सरकारका सहायकमन्त्री, प्रदेशसभाका सचेतक, प्रदेशसभाका सदस्य, काठमाडौंबाहेकका महानगरपालिका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखलाई राखिएको छ संवैधानिक निकायका सदस्य, राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, उच्च अदालतका न्यायाधीशको मर्यादा जिल्ला समन्वय समितिका प्रमुखभन्दा पछाडि छ

 

उमहानगरपालिका प्रमुख र काठमाडौं महानगरपालिकाका उपप्रमुखलाई नेपाल सरकारका सचिवसँगैको १२ औं नम्बरमा राखिएको छ विदेशी राजदूत, सार्क महासचिव, सुरक्षा निकायका प्रमुखहरू, प्रदेश सरकारका प्रमुख सचिव त्यही लहरमा छन्नगरप्रमुख, जिसस उपप्रमुख, गाउँपालिका अध्यक्ष र नगर उपप्रमुख पछाडि सहसचिवको मर्यादा तोकिएको छ

 

यसअघि सहसचिवस्तरका प्रजिअ मेयर र अध्यक्षभन्दा अगाडि थिए नगरपालिका तथा गाउँपालिका महासंघले संस्थागत रूपमै त्यसलाई सच्याउनुपर्ने माग राखेको थियो जिल्ला न्यायाधीश, सहायकरथी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) जस्ता पदभन्दा स्थानीय सरकार प्रमुखको मर्यादा माथि निर्धारण गरिएको कान्तिपुरमा खवर छ

प्रतिक्रिया दिनुहोस्