प्रधानमन्त्रीले नै संसदको गरिमा बिर्सेपछि…



काठमाडौं : संसदको लोगोको विशेष अर्थ हुन्छ, जोसुकैले चाहेर वा रहर गरेर उक्त लोगो लगाउन पाइँदैन । तर लोगो लगाउने हैसियत बनाएकाहरू यसको महत्त्व बुझ्दैनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिँदैनन् । उनले आइतबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त सरकारको नै । 

यो दिनमात्र होइन, प्रधानमन्त्री ओलीले प्रायजसो संसद् आउँदा लोगो लाएको पाइँदैन । कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशमलाल चौधरीले पुस १९ गते संसद्को लोगो लगाए । 

डिल्लीबजार सदरखोर जेलमा रहेका चौधरीलाई प्रहरीले कडा सुरक्षाबीच सिंहदरबार ल्याएको थियो । सभामुख कृष्णबहादुर महराले संसद्को लोगो लगाइदिएपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार नै लगिएको थियो । 

संसद्को र सरकारको लोगो अलग्गै छ । संसद्को भन्दा केही ठूलो छ सरकारको । मन्त्रीले सरकारको लोगो लगाउँछन् । संसद् भवन नयाँ बानेश्वर पस्दा सांसदको लोगो चेक हुन्छ अनिमात्र भित्र पस्न पाइन्छ । कुनै दिन लोगो नलगाई गएका सांसदले समेत गेटमा झन्झट बेहोर्नुपर्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्