मदिरा सेवन गरेका चालक ट्रकभित्र मृत भेटिए



धादिङ : धादिङमा एक ट्रक चालक मृत भेटिएका छन् । ट्रक चालक सूर्य प्रसाद डङगोरीया थारु गजुरी गाउँपालिका–६ बान्छेटारमा मृत भेटिएका हुन् ।

उनी सोमबार साँझ नजिकैको मदिरा पसलमा मदिरा सेवन गरेर आफ्नै ट्रकमा सुतेका थिए ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार काठमाडौंबाट रुपन्देही जाँदै गरेको ना ६ ख ७००६ नम्बरको मालवाहक ट्रकका चालक ३० वर्षीय थारु सालझण्ड–६ का स्थानीय बासिन्दा हुन् ।

मृतक थारुको शव, गजुरी सामुदायिक अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकका सह–चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीकामा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्