ट्रक दुर्घटना : सात जनाको मृत्यु, रक्सीको नशामा सवारी चलाउँदा दुर्घटना


धादिङ : मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फर्कंदै गरेको ग१ख ८०१२ नंको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनापछि तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने चारजनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानाकारी दिए ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ र ध्वजबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् ।

अत्यधिक गतिमा गाडी कुदिरहेको थियो । सबै मानिस हल्ला गरेर कराइरहेको बेला पिच सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानकारी दिए । मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ ।

घाइतेहरुलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र सोसल भोलेन्टरहरुले उद्धार गरेका थिए । घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर १० जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ ट्रमा अस्पताल काठमाडौँमा पठाइएको छ भने एम्बुलेन्सबाट ६ जना लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

धादिङ अस्पतालमा बिरामी घाइतेहरुको उपचार भइरहँदा आफन्त र बजारवासीको भीड लागेको थियो भने लापर्वाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले

जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको

काठमाडौंः नेपालमा कोरोनाभाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको

काठमाडौं : नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागाईलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली

बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव

काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ।

विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो

काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका

काठमाडौं : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व

बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल