वीरगन्ज भन्सारमा भीषण आगलागी



वीरगन्ज : वीरगन्ज भन्सारमा भीषण आगलागी भएको छ । भन्सार परिसरमा रहेको नेशनल ट्रेनिङको गोदाममा हिजो (मंगलबार) राति करिब ७ः३० बजे अचानक आगलागी भएको हो ।

वीरगन्ज भन्सार कार्यालयका अधिकृत गोपाल खत्रीका अनुसार भसारको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीले गोदाममा बिजुली सर्ट भइ आगलागी भएको जानकारी दिए । पर्सा र बाराबाट आएको पाँचवटा बारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएको थियो ।

आगलागीका कारण गोदाममा स्टोर गरिएर राखिएको मालसमान जलेर नष्ट भएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत खत्रीले जानकारी दिए ।

भन्सारमा आगलागी भएको जानकारी पाउना साथ घटनास्थल पुगेको वीरगन्ज महानगरपालिकाको २ वटा बारुण यन्त्रले आगोपलिाइ नियन्त्रणमलाई लिने प्रयास गरेको थियो । तर, आगो नियन्त्रण बाहिर भएपछि थप तीन वटा बारुण यन्त्र मगाइएको थियो । पर्साको पोखरीया नगरपालिका र बाराको कलैया र जितपुर सिमरा उपमहानगर पालिकाबाट आएको तीन बटा बारुण यन्त्रको २ घण्टाको प्रयासमा आगोलाई पूर्णरुपमा नियन्त्रणमा लिएको वीरगन्ज बारुण यन्त्रका हवल्दार शेर बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्