बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बालक पक्राउ



रुपन्देही : गत सोमबार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ ।

रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–५ का १५ वर्षीय बालकलाई गत सोमबार पाँच वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खडकबहादुर खत्रीले जानकारी दिए ।

सोमबारै बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित परिवारले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको डीएसपी खत्रीले बताए । उता पीडित बालिकाको भीम अस्पताल भैरहवामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्