मिडियामा अाएजस्ताे पार्टीभित्र गुटबन्दी छैन : नेकपा महासचिव पाैडेल



काठमाडौँ : नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आफू पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।

 

आफ्नै निवासमा रासससँग कुरा गर्दै उनले पार्टीभित्रका समस्या चाँडै समाधान गरी पार्टी एकतालाई टुंग्याउने बताए उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए । 

 

पार्टीभित्र देखिएको विवाद र गुटबन्दी सञ्चारमाध्यममा आएको हल्लाजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उनले स्पष्ट पारे । महासचिव पौडेलले सरकारको कामको परिणाम आउन केही समय लाग्ने बताउँदै जनतालाई निराशा नहुन आग्रह गरे । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए । 

 

‘राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकाैँ देखिको बेथिति छ’, उनले भने, ‘त्यसलाई दुरुस्त गर्न ६–८ महिनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।’ 

 

उनले चाँडै सरकारले परिणाम आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताए । 

 

नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे । रासस

प्रतिक्रिया दिनुहोस्