सांसद दीपक मनाङेविरुद्ध मुद्दा दर्ता



पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङेविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष मिलन गुरङले मुद्दा दर्ता गराएका हुन् ।

सांसद मनाङेले मंगलबार मुख्यमन्त्री कप उद्घाटन समारोहमा एन्फा अध्यक्ष मिलनलाई झापड हानेका थिए ।

सार्वजनिक कार्यक्रमस्थलमा झापड हानेका मनाङेविरुद्ध एन्फा अध्यक्ष मिलनले बुधबार दिउँसो ४ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच, बुधबार मनाङेले पत्रकार सम्मेलन गरेर भ्रष्टाचार गर्नेलाई झापड नै हान्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्