जमिन कित्ताकाट खुल्यो 



काठमाडौँ : सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

बीचमा केही व्यक्तिले चलखेल गरेर केही स्थानमा कित्ताकाट गरे पनि औपचारिक रुपमा खुलेको थिए। घरजग्गा कारोबारीले खेतीयोग्य जमिन प्लटिङ गरेर व्यवसाय गर्न थालेपछि सरकारले कित्ताकाट रोक गर्ने निर्णय गरेको थियो। 

 

कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्। यो निर्णय विवादित भएपछि सरकार निर्णयबाट पछि हटेको हो।

 

प्रतिक्रिया दिनुहोस्