मुक्का हान्ने सांसदविरुद्ध पक्राउ पुर्जी जारी



पोखरा : गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङेविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको छ । गत मंगलबार सांसद मनाङेले एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका थिए ।

यही विषयलाई लिएर एन्फा अध्यक्ष गुरुङले मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित उजुरी दर्ता गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएपछि पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतसँग अनुमति मागेको थियो ।

जसअनुसार मनाङेलाई पक्राउ गर्नको लागि अदालतले अनुमति दिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्