मन्त्रिपरिषदको ३२ निर्णय, सरकारले फिर्ता माग्यो साझा यातायातसँग व्याजसहित ३ अर्ब



काठमाडौं : सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता मागेको छ ।

गत सोमबार (माघ ६) गते बसेको मन्त्रिपरिषद बैठक गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको बताए ।

तोकिएको समयमा बस सञ्चालन गर्न नसेका कारण देखिउँदै सरकारले लगानी फिर्ता मागेको हो ।

साझा यातायतलाई ३ सय नयाँ विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले ३ अर्ब सेयर लगानी गरेको थियो । सेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए ।

योसँगै मन्त्रिपरिषद बैठकले अन्य ३२ वटा निर्णय सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्