जेल सजायविरुद्धको अपिल खारेज



याङ्गुन: रोयटर्स समाचार संस्थाका दुई जना पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजाय विरुद्धमा गरिएको अपिललाई म्यान्मारको क्षेत्रीय अदालतका एक न्यायाधीशले खारेज गरेका छन् । रोयटर्स समाचार समितिमा कार्यरत ३१ वर्षीय वा लिने र २८ वर्षीय क्याब सोएलाई राज्यको सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ डिसेम्बरमा पक्राउ गरिएको थियो । 

राखिन राज्यको सुरक्षामा प्रश्नचिह्न उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना बाहिर लगेको आरोप लागेको छ । क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार ती दुई पत्रकारले सात वर्षे जेल सजाय विरुद्धको गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताएका छन् । 

म्यान्मारको सर्वोच्च अदालतका वकीलहरुले दिएको यस अपिलको प्रक्रिया पूरा हुनका लागि नै छ महिना लाग्ने पनि नाइङ्ले बताएका छन् । यी दुई पत्रकारको पक्राउलाई अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले सञ्चार स्वतन्त्रताको हनन गरेको आरोप लगाउँदै आएको भएता पनि म्यान्मार भने यी दुई पत्रकारप्रति अनुदार देखिएको छ । 

तर म्यान्मारको राखिन राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिङ्ग्या मुसलमान समुदाय सीमा इलाकामा पर्ने देश बङ्गलादेश पुगेका थिए । उक्त समयमा राखिन राज्यको रोहिङ्ग्या मुसलमानहरुको हत्या, बलात्कार र घरहरुमा आगजनीको घटना भएको थियो । यस्ता दमनहरुका कारण आफ्ना घरहरुमा बस्न नसकेपछि ती मुसलमानहरु छिमेकी बङ्गलादेशको शरणका पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्