माओ–निक्सन भेट : ‘संसार बदलेको एक साता’



एजेन्सी: तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरे, सन् १९७२ मा । यो निक्सनको औपचारिक भ्रमण थियो । चीनका नेता क. माओत्सेतुङले उनलाई उक्त औपचारिक भ्रमणको निम्तो गरेका थिए । यो तात्कालिक तथा दीर्घकालिक हिसाबले निकै महत्वको भ्रमण थियो । यो भ्रमण शीतयुद्ध बेलाको एक राजनीतिक आश्चर्य नै थियो ।

भेट यति गरमका साथ भएको थियो कि माओ पनि एक ऐेतिहासिक प्रफुल्लतामा थिए र निक्सन पनि निकै गदगद । निक्सनका लागि यो भ्रमण कुनै अर्को ग्रहको भ्रमणबराबर कौतूहलपूर्ण थियो भने माओका लागि निक्सनको यो भ्रमण एक भरोसा । कुरो आफैंमा आश्चर्यजनक छ । दुई दुस्मन राष्ट्र र यसका दुई दुस्मनको यो सौहार्दपूर्ण भेट । यो दुई विपरीतहरूको उत्कर्षको भेट थियो ।

यो भेटमा दुवै राष्ट्रप्रमुखले एक सौहार्दपूर्ण सम्बन्ध बनाइराख्ने सहमति पनि गरे । यसलाई पश्चिमा जगतमा र पश्चिमा जगतका समाचार माध्यमहरूले बन्द परिवेशमा रहेको चीनको खुला विश्वमा प्रवेशको चाहनाका रूपमा व्याख्या गरे । चीनले वर्षाैंपछिको एकलपनालाई त्यागेर खुला हुन र सबैसँग मैत्री सम्बन्ध चाहेको रूपमा व्याख्या गरे । निक्सन त यतिसम्म पनि रमाए कि उनले चीनमा सात दिनसम्म विभिन्न सहर तथा गाउँको अध्ययन भ्रमण गरेको थाहै पाएनन् । यसले अमेरिका र चीनबीचको सम्बन्धलाई सामन्यीकरण गर्न मद्दत ग¥यो ।

माओका लागि निक्सनको भ्रमण निकै आवश्यक थियो किनकि यो आफैंमा कूटनीतिक भ्रमण थियो । यो भ्रमणले अमेरिकाले माओको चीनलाई मान्यता दियो । चीनले अब अन्तर्राष्ट्रिय मान्यता पायो । चीनले अन्तर्राष्ट्रिय मान्यता नपाउँदासम्म रुसको संशोधनवादी ख्रुस्चेवले माओकालीन चीनमा निकै दुःख दिइरहेको थियो । स्टालिन रहँदासम्म रुसले चीनको विकासका लागि दिएको सम्पूर्ण ऋण एकमुष्ट तिर्न नभए सैन्य हस्तक्षेपका लागि तयार रहन माओलाई चुनौती दिएको थियो ।

ख्रुस्चेवले एकैपटक एकै समयमा चीनमा स्टालिनले दिएको स्वास्थ्यकर्मी, इन्जिनियर, पाइलट, प्राविधिक तथा अन्य स्वयंसेवी सहयोगीहरूको लाखौं जनाको टिम रुस फिर्ता गरिसकेको थियो । यस्तो अवस्थामा पश्चिमा देशहरूसँग सम्बन्ध बनाएर आफ्नो घोर दुस्मन अमेरिकालाई चीनमा आमन्त्रण गरेर माओले चीन र चिनियाँ जनताको रक्षा गरेका थिए । त्यसपछि संशोधनवादी ख्रुस्चेव एककदम पछि हट्न बाध्य भएको थियो ।

योभन्दा पनि अझ रहस्यको विषय त यो छ कि निक्सनको यो भ्रमण गोप्य रूपमा गरिएको थियो । जसको भिडियो क्लिप एक वर्षपछि मात्र सार्वजनिक गरिएको थियो । यो सार्वजनिकपछि रुस र सिंगो पश्चिमा जगत गज्जबको आश्चर्यमा परेका थिए । भ्रमण अवधिभर निक्सनकी श्रीमती प्याट निक्सनको त्यस भ्रमणमा खुसीको सीमा थिएन ।

उनले एकैक्षण केही फुर्सद पायो कि जनतासँग र स्कुले बालबालिकाहरूसँग पुरै समय बिताउने गर्थिन् । उनले भनेकी थिइन्, ‘चीन आफ्नो देशका लागि निकै आत्मविश्वासी, भलादमी र इमान्दार छ । यसले सोचेभन्दा छिट्टै विकासको गतिलाई समात्नेछ ।’त्यति बेला रुस र चीनबीच माथि उल्लेख गरिएझैं त्यति राम्रो सम्बन्ध थिएन । विचारको ठूलो बहस चलिरहेको थियो । कम्युनिस्ट आन्दोलनको इतिहासमा यसलाई महान् बहस वा महाविवाद भन्ने गरिएको छ ।

यो वैचारिक विवादले रुस र चीनबीच निकै गहिरो र उस्तै परे एकखालको दुस्मनीपूर्ण अन्तर्विरोधको बीजारोपण गरिसकेको थियो । यो अन्तर्विरोधमा माओ पनि चलाकीपूर्ण तरिकाले चीन र चिनियाँ जनताका स्वार्थ रक्षाका लागि खेले । अर्कोतिर अमेरिकी राष्ट्रपति निक्सन पनि खु्रस्चेवी रुसको किनारासम्म आएर खेल्न पाए ।

निक्सनलाई खतरा लागेको रुस र चीनका लागि पनि खतरा लागेको रुस । एकपटक त अंग्रेजी उखानमा भनेझैं ‘मेरो शत्रुको पनि शत्रु, मेरो साथी’ भनेको जस्तो भयो । दुवै एकै ठाउँमा आए । तर, अर्को आश्चर्यको कुरा त के थियो भने निक्सनलाई गोप्य चीन भ्रममा बोलाएर माओले चिनियाँ सञ्चार माध्यमहरूमा अमेरिकाका विरुद्धमा चलिरहेको प्रचार युद्धलाई निकै तेज बनाएका थिए । निक्सनले यसमा कुनै पनि दुःख मनाउ पनि गरेका थिएनन् । चिनियाँ रेडियोहरूले निक्सन र अमेरिकालाई अमेरिकी डाका, शोषक, विश्वका जनताका दुस्मन, हाम्रो ज्यानी दुस्मन भनेर लगातार प्रहार गरिरहेका थिए ।

निक्सन आउँदा एक जना पनि अमेरिकी सेनालाई सिभिलमा पनि नल्याउन माओले गरेको अनुरोधअनुसार निक्सन बिनासुरक्षाकर्मी चीन उत्रिएका थिए । निक्सनलाई चिनियाँ जनमुक्ति सेनाले आफ्नो सुरक्षा घेरामा सुरक्षा दिएरहेका थिए । आफ्नो भ्रमणको समीक्षा गर्दै चीन छाड्नुअघि निक्सनले भनेका थिए, ‘संसार बदलेको एक साता ।’ राजधानीबाट

प्रतिक्रिया दिनुहोस्