किन दिँदै छन् २ सय ८१ प्राध्यापकले सामूहिक राजीनामा ?



पोखरा : पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापकहरुले सामूहिक राजीनामा दिन लागेका छन् । क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले करारमा नियुक्ति दिन माग गरेपनि क्याम्पस प्रशासनले नदिएपछि सामूहिक राजीनामा दिने बताएका हुन् । उनीहरुले आपज आईतबार पत्रकार सम्मेलन गर्दै आफूहरुको समस्या समाधान नगर्ने देखिए सामूहिक राजीनामाको विकल्प नभएको बताएका छन् ।

क्याम्पसका आंशिक शिक्षकहरुले भोली सोमबारदेखि अनिश्चितकालिन अध्यापन बन्द गर्ने बताएका छन् । लामो समय देखि आन्दोलनमा रहेका शिक्षकहरुले आंशिक शिक्षकहरुको समस्या समाधान नभएसम्म आफुहरुले आफ्नो कक्षा संचानल नगर्ने बताएका छन । कूल २ सय ८१ जनाको संख्यामा रहेको प्राध्यापकहरुले आन्दोलनमा उत्रिएपछि क्याम्पस प्रमुख प्रा.डा.चन्द्र बहादुर थापाले आफ्नो कारणले आंशिक प्राध्यापकहरुलाई समस्या परेको भए राजीनामा दिन तयार रहेको बताएका छन् ।

प्रा.डा. थापाले प्राध्यापकहरु अन्यायमा परेको स्विकार्दै केन्द्रले नगरेका कारण समस्या आएको बताए । उनले क्याम्पस प्रशासनको कुनै हात नरेहेको स्पष्ट पारे । उनले भने– मेरो काम समस्या लिएर जानेमात्र हो निर्णय केन्द्रले गर्ने हो, यस्कालागि समिति गठन हुन्छ केन्द्रबाट अनुगमन समित आएर अनुगमन गरेपछिमात्र थाहा हुन्छ’ ।

क्याम्पस प्रशासनलाई बारम्बार ध्यानाकर्षण गराएपनि समस्याको समाधान नभएपछि अध्यान नै बन्द गर्नेसम्मको आन्दोलन गर्नुपरेको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्