एक सय जनालाई कपडा वितरण 



विराटनगर : इन्डिपेन्डेन्ट ह्युमन फाउण्डेसनले मन्दिर परिषरमा रहेर जीवनगुजारा गर्ने एक सय जनालाई जाडोमा लगाउने कपडा वितरण गरेको छ ।

 

विराटगनरस्थित विभिन्न मन्दिरमा दैनिक बिहानीपख भक्तजनसँग आर्थिक सहयोग मागेर गुजारा गर्नेहरुलाई न्यानो ब्लान्केट वितरण गरिएको फाउण्डेसनकी अध्यक्ष सावित्री आचार्यले जानकारी दिइन् । 

 

सामाजिक कार्यमा विगत लामोसमयदेखि सक्रिय हुँदै आएको आचार्यपरिवारका सदस्य फाउण्डेसनमार्फत आर्थिक अवस्था कमजोर, असहायलाई सहयोगार्थ जुटिरहेका छन् ।

 

गएको तीनवर्ष अघि सामाजिक कार्यका लागि संस्थागत रुपमा अघि बढ्नुपर्ने सोच बनाएको आचार्य परिवारले त्यसपछि निरन्तर विभिन्न कठिन समयमा सम्बन्धित पीडितलाई सहयोग गर्दै आइरहेको छ । 

 

यसअघि, विभिन्न विद्यालयका बालबालिकाहरुलाई कपडा, किताब तथा अन्य सामाग्रीसहित सहयोग पुराउदै आएको संस्थाकी सदस्य ज्योति आचार्यको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्