देश गम्भीर आर्थिक संकटमा फस्यो : नेता आचार्य



विराटनगर : पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यले अर्थव्यवस्थाको कमजोर अवास्थाका कारण देश गम्भीर संकटमा फसेको बताएका छन्। 

 

अर्थतन्त्रको सूचकहरूले देश आर्थिक संकटतर्फ उन्मुख भएको देखाएको आचार्यको टिप्पणी छ। नेपाल प्रेस युनियन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको आर्थिक नीति र अहिलेको कार्यदिशा विषयक अन्तरसम्वाद कार्यक्रममा आचार्यले भने,‘राष्ट्र बैंकले पछिल्लो समय प्रस्तुत गरेको आर्थिक सूचकले नै यो कुरा प्रस्ट गरिदिएको छ।’ 

 

 आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको बढ्दो स्वेच्छाचारिताका काण मुलुकले चाहे जस्तो आर्थिक उन्नति हासिल गर्न निकै कठिन हुने बताए। 

 

उनले भने,‘प्रधानमन्त्री कार्यालयमा धेरै क्षेत्रको अधिकार एकीकृत गरेर परियोजना चलाउन खोज्नु र लगानी सुहाउँदो वातावरण नबाउनुले आर्थिक वृद्धि निकै कठिन छ।’ 

 

आचार्यले कृषि र पर्यटन क्षेत्रमा लगानी बढाई  रोजगारी सिर्जना नगरुञ्जेल समग्र आर्थिक विकास सम्भव नहुने बताए। प्रधानमन्त्रीले कर्मचारीतन्त्र, प्रेस र सेवानिवृत्तहरूलाई समेत तर्साउने गरी अभिव्यक्ति दिनु अनुचित भएको टिप्पणी गरे।

 

प्रतिक्रिया दिनुहोस्