छोटो दुरीका यात्रु बोक्दैछन् वाइडबडी



काठमाडौं : नेपाल वायुसेवा निगमले झण्डै २४ अर्ब रुपैयाँ खर्चिएर खरिद गरेको दुई थान वाइडबडी जहाज नेपाल भित्रिएकै ६ महिना पुगिससेको छ । दुबै जहाज खरिदका लागि लिइएको ऋणको वार्षिक ब्याज नै २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ ।

दैनिक १६ घन्टासम्म उडान भर्नसक्ने जहाजले यतिबेला दैनिक ८ घन्टा पनि मुस्किलले उडान भरिरहेको छ ।

निगमले दुई थान वाइडबडी जहाज खरिद पश्चात आफ्नो बजार हिस्सा १७ प्रतिशत पुग्ने दावी समेत गरेको थियो ।

दक्षिण कोरिया, जापान, चीन र युरोप लगायतका गन्तव्यमा उडान भर्ने घोषणासहित जहाज खरिद गरिएको थियो । तर, जहाज पुरानै न्यारोवडी जहाजले उडान भरिरहेका गन्तव्यमा उड्दै आएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्