अफगानिस्तानमा विदेशी कम्पनीको विमान दुर्घटनाग्रस्त



एजेन्सी : अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् ।

दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरेका छन् तर यसलाई पुष्टि गर्ने आधारहरू अझै फेला नपरेका उनीहरूले बताएका छन् ।

“स्थानीय समय अनुसार दिउसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको थियो,” प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

तालिवान विद्रोहीको प्रभाव क्षेत्र गजनी राज्यका गभर्नरले विमान दुर्घटना भएको तर यसबारे बिस्तृत विवरणहरू आउन नसकेको बताउनुभएको छ ।

गभर्नर वाहिदुल्ला कालिमजाईले स्थानीय सञ्चारमाध्यमसँग भने, “दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको उद्धारमा पुगेका अधिकारीहरूले आफूलाई बताएको तर तर यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको सूचना प्राप्त भएको छ ।”

उनले उक्तस्थानलाई सुरक्षा दिन सुरक्षाकर्मीहरू सोदुकिलतर्फ गइसकेको बताउनुभयो । विमानमा कति जना सवार रहेका थिए भन्ने कुरा पनि खुल्न सकेको छैन ।

गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको लेिखएका भएपनि उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्