गहना चोर्न ६५ वर्षीया पोखरेलको हत्या



लमजुङ : जिल्लको सुन्दरबजार नगरपालिका–७ पाउँदी घर भएकी ६५ वर्षीया सीता पोखरेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । तर, प्रहरीले उनको अज्ञात समूहले हत्या गरेको बताएको छ ।

हिजो (सोमबार) अज्ञात समूहले पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्रमान गुरुङले बताए । डीएसपी गुरुङका अनुसार मृतकको शव नजिक धारिलो हतियार र बन्चरो समेत फेला परेकोले यो हत्या भएको बताए ।

छिमेकीले सीतालाई मृत देखेपछि प्रहरीलाई खबर गरेको, घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी इन्स्पेक्टर बसन्तबहादुर रानाले बताए ।

पोखराको डग सेक्सनबाट कुकुर मगाएर अनुसन्धान थालिएको भएपनि हत्यारा पत्ता नलागेको जानकारी डीएसपी गुरुङले दिए ।

एकलै बस्दै आएकी मृतकका सुनका गहना समेत लुटिएका छन् । गहना लुट्टनको लागि नै पोखरेलको हत्या भएको हुनसक्ने डिएसपी गुरुङले बताउनुभएको छ ।

घटना अनुसन्धानकै क्रममा भएकोले मृतकको शव नचलाइएको डिएसपी गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्