लिभरपुलले ब्राइटनलाई १–० ले हरायाे



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनलाई १–० ले पराजित गरेको हो । 

लिभरपुलको जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसलाई सलाहले सदुपयोग गरे । 

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ७ अंकको अग्रता बनाएको छ । लिभरपुलको २२ खेलबाट ५७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५० अंक छ । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीले मंगलबार वल्भ्ससँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्